सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप : सुरुवाती जितसँगै लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा

पीएम कप : सुरुवाती जितसँगै लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा

त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज (मंगलबार)को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज (मंगलबार)को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।

National life

समूह बीको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हराएको हो।

टस जितेर ब्याटिङ राजेको लुम्बिनीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको प्रदेश २ ले ४२.३ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १८० रनमा समेटिएपछि खेल लुम्बिनीले जितेको हो।

लुम्बिनीको जितका लागि सन्दिप रजालीले ८३ रनको अर्धशतकीय पारी खेले। उनले १०७ बलमा ११ चौकासमेत प्रहार गरे।

त्यस्तै, सौरव खनालले ५६ रनको पारी खेलेल भने विक्रम भुषालले ३६ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

Laxmi sunrise bank
kumari

प्रदेश दुईका हरिशंकर शाहले तीन विकेट गिराए भने दिब्यांशु मल्लिकलले दुई विकेट गिराए। त्यस्तै, एक विकेट लिनेमा सैफुल्लान अन्सारी, कुमार थापा र विशाल सुस्लिङले १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको प्रदेश दुईका सुधिर चौधरीले ४२ रन बनाए भने हरिशंकर शाहले २२ रन बनाए।

त्यस्तै, महबुब आलमले ३१ रन बनाए भने विवेक यादवले ५१ रनको अर्धसतकिय पारी खेले।

यता लुम्बिनीका लागि अनिल खरेलले चार विकेट गिराए भने विक्रम भुषाल र दिपेन्द्र रावतले २–२ विकेट लिए। १–१ विकेट लिनेमा कृष्ण कार्की र अमित तामाङ रहे।

जितसँगै लुम्बिनीले दुई अंक जोडेर समूहको दोस्रो स्थानमा छ। सोही समूहको यसअघि सम्पन्न खेलमा बाग्मतिले नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई हराएर शीर्षस्थानमा छ।
 

प्रकाशित: Jan 19, 2021| 10:22 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।