काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ। घटेको बजार २३२६.९० विन्दुमा पुगेर रोकिएको हो।
सोमबार १७ अंकले बढ्दै २३३२.३२ विन्दुमा पुगेको थियो। कारोबार भने ६ अर्ब ३१ करोडको भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर ४४२.८२ विन्दुमा पुगेको छ।
आज २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ बराबर कारोबार भएको छ।
आज फाइनान्स ३७.२२, जीवन बिमा ५३५.६७ र व्यापार समूहको सूचक ३९.६२ अंकले बढेको छ।
बैंकिङ समूहको सूचक ८.०६, विकास बैंक २४.९४, होटल २६.३८, जलविद्युत् ८.१४, उत्पादन ३९.१४, माइक्रोफाइनान्स ११.३०, म्युचुअल फण्ड ०.०३, निर्जिवन बिमा १२४.८९ र अन्य समूहको सूचक २८.१३ अंकले घटेको छ।