शनिबार, असार २७, २०८३

हिमांशुको सानदार प्रदर्शनमा कर्णालीको पहिलो जित

धानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटको मंगलबार सम्पन्न खेलमा गण्डकी प्रदेशविरुद्ध कर्णाली प्रदेशले सहज जित निकालेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं – प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटको मंगलबार सम्पन्न खेलमा गण्डकी प्रदेशविरुद्ध कर्णाली प्रदेशले सहज जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीविरुद्ध कर्णालीले पाँच विकेटको जित निकालेको हो।

पहिलो इनिङमा ब्याटिङ गरेको गण्डकीले ४२ ओभर तीन बलमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो। 

२०५ रनको लक्ष्यका साथ ब्याटिङ थालेको ३६ ओभर पाँच बलमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे।

कर्णालीको जितमा विपिन रावल अर्धशतक बनाउन एक रनले चुके भने राज शाहले ३२ रन जोडे।

त्यस्तै, हिमांशु शाहीले ६८ रनको अर्धशतकीय पारी खेले।

प्रदेश २ का विपिन खत्रीले चार विकेट लिए भने सुवास भण्डारीले एक विकेट गिराए।

त्यसअघि ब्याटिङमा आएको गण्डकीका राहुल उपाध्यायले ५३ रन प्रहार गरे भने अर्जुन कुमालले ४६ रनको योगदान दिएका थिए।

त्यस्तै, कप्तान विपिन खत्रीले ३२ रन जोड्दा विशाल पौडेलले १५ रन बनाएका थिए। 

कर्णालीका दिनेश अधिकारीले तीन विकेट गिराए भने अनुज चुनरा र दिवन पुनले समान २–२ विकेट लिएका थिए।

पहिलो जितसँगै समूह एको कर्णालीले दुई अंक जोडेको छ। समूहको शीर्षस्थानमा चार अंकसहित आर्मी क्लब छ।

प्रकाशित: Jan 19, 2021| 09:32 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।