शनिबार, असार २७, २०८३

इन्डियन क्रिकेट टिमले अस्ट्रेलियामा रच्यो इतिहास

अस्ट्रेलियामा सम्पन्न इन्डिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलमा पाहुना टिम इन्डियाले तीन विकेटको ऐतिहासिक जित निकालेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– अस्ट्रेलियामा सम्पन्न इन्डिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलमा पाहुना टिम इन्डियाले तीन विकेटको ऐतिहासिक जित निकालेको छ।

उसले ३२८ रनको इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै खेल जितेको हो। यसअघि इन्डियाले २००३ मा २३३ रनको लक्ष्य पूरा गरेको थियो।

चार खेलको सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टिमले ३६९ रन बनाएको थियो भने दोस्रो इनिङमा इन्डियाले ३३६ रन बनाएको थियो।

त्यस्तै, तेस्रो इनिङमा २९४ रनमा अलआउट भएको घरेलु टिमविरुद्ध इन्डियाले सात विकेटको क्षतिमा ३२९ रन बनाउँदै अस्ट्रेलियालाई हराएको हो। 

प्रतिस्पर्धात्मक खेलको पहिलो इनिङमा घरेलु टिमका लागि मर्नुस लुबुसंगले सर्वाधिक १०८ रन बनाए। त्यस्तै, स्टिभ स्मिथले ३६ रन बनाउँदा माथ्यू वेडाले ४५ रन जोडे।

इन्डियाका लागि टी नटराजन, वासिङ्टन सुन्दर र श्रदुुल ठाकुरले समान ३–३ विकेट लिए। दोश्रो इनिङमा इन्डियाका श्रदुल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रनको अर्धशतकीय इनिङ खेले।

यता अस्ट्रेलियाका जोश हाजसलेवुडले पाँच विकेट लिँदा मिचेल स्टार्क र पट कमिन्सले २–२ विकेट लिए।

यो टेस्ट दुवै देशको निर्णायकसमेत थियो। जहाँ इन्डियाले दुई सिरिज जित्यो भने आयोजक अस्ट्रेलियाले एक सिरिज।

टेस्टअघिको टी–२०  र एकदिवसीय खेलमा इन्डिया र अस्ट्रेलियाले १–१ सिरिजमा जित निकालेका थिए। टेस्ट जितेपछि इन्डियाले दुई सिरिज जित्यो भने अस्ट्रेलियाले एक सिरिजमात्र आफ्नो हातमा पार्न सफल भयो।

यसका साथै अस्ट्रेलियालाई पछि पार्दै इन्डिया विश्व टेस्ट वरीयताको दोस्रो नम्बरमा उक्लिएको छ।
 

प्रकाशित: Jan 19, 2021| 08:16 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।