काठमाडौं– त्रिभुवन विश्विद्यालयको मैदानमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। लुम्बिनीका लागि सन्दिप रजालीले ८३ रनको अर्धसतकीय पारी खेले। उनले १०७ बलमा ११ चौकासमेत प्रहार गरे।
त्यस्तै, सौरभ खनालले ५६ रनको पारी खेले भने विक्रम भुषालले ३६ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
प्रदेश दुईका हरिशंकर शाहले तीन विकेट गिराए भने दिब्यांशु मल्लिकलले दुई विकेट गिराए।
त्यस्तै, एक विकेट लिनेमा सैफुल्लान अन्सारी, कुमार थापा र विशाल सुस्लिङले समान १–१ विकेट लिए।