सोमबार, चैत २, २०८२

परिणाम देखाउने भए एन्फामा विवाद हुनु हुँदैन : सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले परिणाम देखाउने भए एन्फाभित्र आन्तरिक विवाद हुन नहुने बताएका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले परिणाम देखाउने भए एन्फाभित्र आन्तरिक विवाद हुन नहुने बताएका छन्।

National life

अखिल नेपाल फुटबल संघ (एन्फा)को १९औं साधारण सभामा बोल्दै उनले योजना बनाएर अघि बढ्न पनि सल्लाह दिएका हुन्।

उनले भने, ‘परिणाम देखाउने हो भने विवाद हुनु हुँदैन। त्यसैले तपाईंहरू छलफल गर्नुहोस् र निर्णय लिनुहोस्।’

उनले आफू सदस्य सचिव भएर आउँदा एन्फामा रहेको विवाद सम्झँदै भने, ‘गौरवशाली इतिहास हुँदा पनि हामीले सबै ठाउँमा ध्यान दिन सकेनौं। म राखेपमा आउँदा सबभन्दा रमाइलो चाहिँ एन्फा र राखेपको विवाद नै हुन्थ्यो।’

तर, उनले विवादलाई समाधान गर्दै अघि बढेको दाबी गरे। भने, ‘मैले विवादलाई निम्त्याउन दिएको छैन, मैले सल्टाउन खोजेको छु।’

Laxmi sunrise bank
kumari

सिलवालले एन्फाको गौरवशाली इतिहास बताउँदै जुन हिसाबले काम गर्नुपथ्र्यो सो लयमा उसले उपलब्धि हासिल गर्न नसकेको जनाएका छन्।

पछिल्लो १३औं सागमा पनि पुरूष फुटबल टिमले स्वर्ण र महिलाले रजत जितेको थियो। उनले थपे, ‘त्यो गोल्ड मेडल नभए नुन नभएको तरकारी जस्तो हुन्थ्यो।’

महिलातर्फ सागमा मात्र केन्द्रित नभएर कीर्गिस्तानमा पनि खेल्न पठाएको बताएका छन्। उनले भने, ‘म आउँदा महिला टिम ११७औं वरीयताबाट ९२ स्थानमा उक्लिएको छ। यसकारण महिला फुटबलमा योगदान दिएको भएर हामीले हरि खड्कालाई राखेपको सदस्य बनाएका छौं।’

तराईमा पनि फुटबलले गति लिनु पर्छ भनेर सोहीअनुसारको काम गरेको सिलवालले बताए।

त्यस्तै फुटबल प्रतियोगितामा विभिन्न समयमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने बताए। साथै एन्फासँग काम गर्नका लागि पर्याप्त रकम भएका कारण त्यसलाई यथोचित उपयोग गर्न उनले सल्लाह दिएका छन्।

उनले भने, ‘एन्फामा पैसा टन्न छ। कसरी व्यववस्थापन गर्ने भन्ने मात्र समस्या हो। देशका जिल्ला संघहरूमा पनि रकम खर्च गर्न नसकेर फ्रिज हुने गरेको अनुभव हामीसँग छ।’

प्रकाशित: Jan 19, 2021| 05:54 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।