शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चार वर्षमा लिग फुटबल व्यावसायिक बनाउँछौं : एन्फा अध्यक्ष शेर्पा

चार वर्षमा लिग फुटबल व्यावसायिक बनाउँछौं : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी चार वर्षमा नेपाली लिगलाई व्यावसायिक बनाउने बताएका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी चार वर्षमा नेपाली लिगलाई व्यावसायिक बनाउने बताएका छन्।

एन्फाको १९ औं साधारणसभामा बोल्दै एन्फा अध्यक्ष शेर्पाले नेपाली महिला तथा फुटबल लिगलाई चार वर्षमै व्यावसायिक बनाउन सकिने बताए।

उनले भने, ‘नेपाल सरकारले यथोचित मात्रमा लगानी गरेमा हामी चार वर्षमै नेपाली फुटबल लिगलाई व्यावसायिक बनाउन सक्छौं।’

उनले युवा तथा खेलकुद मन्त्री दावा लामा र राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई सम्बोधन गर्दै सरकारले यसमा सहयोग गर्नुपर्ने बताएका छन्।

भने, ‘हामीले ग्रासरुटको प्रतियोगिता गरेर मात्र हुँदैन, युवाको खेल गरेर मात्र हुँदैन, हामीले लिगलाई राम्रो बनाउनु पर्छ। यसले मात्र नेपाली फुटबललाई व्यवसायिक बनाउन सक्नेछौं।’

त्यस्तै, अध्यक्ष शेर्पाले २०१८ मा आफ्नो नेतृत्वको कार्यकाल सुरु भएपछि ग्रासरुटमा सहभागीको सहभागीता १७० प्रतिशतले बढाएको दाबी गरे।

एन्फाले नेपालका प्रशिक्षक र रेफ्रीहरूको संख्या थप गर्ने पनि काम गरिरहेको बताएका छन्। 

खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको डिजिटल रूपमा दर्ता गर्न पनि आफ्नै कार्यकालमा सुरु गरेको बताएका छन्।
 

प्रकाशित: Jan 19, 2021| 05:15 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।