शनिबार, असार २७, २०८३

वैशाखमा पोखरा स्पोर्टस् अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आगामी वैशाखमा पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आगामी वैशाखमा पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने निर्णय गरेको छ।

कोभिड-१९ का कारण स्थगित सो अवार्ड वैशाखमा विश्व प्रेस स्वतन्त्रता दिवसका दिन ‘टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ नाममा गर्ने निर्णय मञ्चको सोमबारको बैठकले गरेको हो।

मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा यसअघि १०१ सदस्यीय मूल आयोजक समिति, विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समिति गठन गरिएको थियो।

खेलाडी मनोनयन रामकृष्ण ज्ञवाली, केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित सदस्य रहेको छनोट समिति गठित छ। वर्ष उत्कृष्ट पत्रकारिता अवार्डमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने सहित पदेनसदस्यमा मञ्च अध्यक्ष र महासचिव छन्।

बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्डलगायत ८ विधामा अवार्ड दिइने छ। 

प्रकाशित: Jan 19, 2021| 04:56 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।