शनिबार, असार २७, २०८३

अबुमयाङ चम्किँदा आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा आर्सनलले न्युकासलविरुद्ध सहज जित निकालेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

कठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा आर्सनलले न्युकासलविरुद्ध सहज जित निकालेको छ।

आर्सनलको इमिरेट्स रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम न्युकासललाई ३–० गोलअन्तरले हराएको हो।

आर्सनलको जितमा कप्तान पियरे इमिरेक अबुमयाङले दुई गोल गरे भने बुकायो साकाले एक गोल गरे।

तर खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी भएको थियो।

दोस्रो हाफको ५० औं मिनेटमा अबुमयाङले गोल गर्दै सुरुआति अग्रता दिलाए। त्यपछि खेलको ६० औं मिनेटमा साकाले गरेकोे गोलसँगै आर्सनलले दुई गोलको अग्रता बनाएको थियो।

फेरि अबुमयाङले नै ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याए।

सोहि नतिजाका साथ जित निकालेको आर्सनल अंकतालिकाको १० औंस्थानमा छ। यता पराजित न्युकासल १५ औं स्थानमा छ।

सिजनबीच खराब प्रदर्शन गरिरहेको आर्सनल पछिल्ला केही खेलबाट लयमा फर्किएको छ।
 

प्रकाशित: Jan 19, 2021| 01:55 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।