सोमबार, चैत २, २०८२

एन्फा ललितपुर जिल्ला अध्यक्ष थापाको निलम्बन फुकुवा

भाइबरको ग्रुप च्याटका कारण निम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा भएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- भाइबरको ग्रुप च्याटका कारण निम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा भएको छ।

National life

आज बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

एन्फाले गत जेठ ५ गते विधानविपरित काम गरेको भन्दै साधारणसभा सम्मका लागि थापालाई निलम्बन गरेको थियो।

उनले वैशाश २२ गते मनाइने एन्फा दिवसका दिन भाइबरमा उत्तेजक अभिव्यक्ति दिएपछि एन्फामा विवादले उत्कर्ष रुप लिएको थियो।

सो घटनापछि एन्फाले थापालाई किन निलम्बन नगर्ने भन्ने प्रश्नमा पनि उनले प्रतिप्रश्न गर्दै एन्फालाई नै आफूलाई विधानविपरित भएको प्रमाण दिन चुनौति दिँदै प्रश्नले भरिएको जवाफ पठाएका थिए।

Laxmi sunrise bank
kumari

उनलाई एन्फाले कारबाही गरेपछि ललितपुर जिल्ला संघले अध्यक्षको कारबाही फिर्ता लिन माग गरे पनि एन्फाले फिर्ता लिएको थिएन।

एन्फाले साधारणसभाको एक दिनअघि थापाको निलम्बन फुकुवा गरेको हो।

एन्फाको बैठकले राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुधन उपाध्यायले प्रस्तुत गरेको खेलाडीको आचारसंहिता पनि साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ।

भोलिको साधारणसभामा एन्फाको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्ताव पनि पेश गरिने भएको छ।

प्रकाशित: Jan 18, 2021| 14:26 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।