शनिबार, असार २७, २०८३

एन्फाको वार्षिक बजेट ८५ करोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट ८५ करोड ६६ लाखको बन्ने भएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट ८५ करोड ६६ लाखको बन्ने भएको छ।

आज (सोमाबार) सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले वार्षिक बजेट ८५ करोड ६६ लाख ४२ हजार २४० रहेको प्रतिवेदन वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न बैठकमा कोषध्यक्ष रविन्द्र जोशीले प्रस्तुत गरेको वजेट वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।

एन्फाले भोलि सानेपामा साधारण सभा आयोजना गर्ने बताइसकेको छ।

त्यस्तै एन्फाले अघिल्लो साधारणसभादेखि आसन्न साधारणसभासम्मको कार्य प्रगति विवरण पनि बैठकमा प्रस्तुत गरी पारित गर्ने बताएको छ।

फुटबलको जिल्ला संघहरु विस्तारको काममा पनि एन्फाले निर्णय गरेको बैठकपछि जारी गरिएको सूचनामा उल्लेख छ।

साधारणसभापछि खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई पनि एन्फाको सदस्यता प्राप्त हुनेछ।

साथै, एन्फाको प्रदेश तदर्थ समिति विधानअनुरुप ६ महिनाभित्र साधारणसभा र निर्वाचन गर्नुपर्ने नियम छ।

तर कोरोना महामारीका कारण साधारणसभा गर्न नसकेको भन्दै एन्फाले अब तदर्थ समितिको म्याद ९ महिनाका लागि थप गरेको बताएको छ।

प्रकाशित: Jan 18, 2021| 14:15 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।