काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) १७.३१ अंकले बढेको छ। बढेको बजार २३३२.३२ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इन्डेक्स २.१८ अंकले बढेर ४४५.६० विन्दुमा पुगेको छ।
आज २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ बराबर कारोबार भएको छ।
सोमबार जलविद्युत् समूहको सूचक ११.५२ अंकले घटेको छ भने अरु सबै समूहको सूचक बढेको छ।
बैंकिङ समूहको सूचक २.८१, व्यापार १८१.०४, होटल ११३, विकास बैंक ५०.४५, फाइनान्स २२.५८ अंकले बढेको छ।
त्यस्तै निर्जिवन बिमा १२६.१३, उत्पादन २१.४, अन्य ११.४२, माइक्रोफाइनान्स १००.१, जीवन बिमा १९९.४७ र म्युचुअल फण्ड ०.२५ अंकले उकालो लागेको छ।