शनिबार, असोज ३, २०८३

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

 मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं–  मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ। 

हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ शृंखलाको हुनेछ। कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ। 

डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको कम्पनीले जनाएको छ। 


 

प्रकाशित: Jan 18, 2021| 08:45 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्