सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत

पीएम कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत

जारी प्रधानमन्त्री कपको पाँचौं खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको लक्ष्य प्रस्तुत गरेको छ। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– जारी प्रधानमन्त्री कपको पाँचौं खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

National life

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले पूरा ओभरमा नौ विकेट गुमाएर २९९ रन बनाएपछि ३०० रनको लक्ष्य प्रस्तुत गरेको हो।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आदिल खानले ६३ रनको योगदान दिए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रन बनाउँदा पारस खड्काले २० रन जोडे।

यता सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान २–२ विकेट गिराए। एक विकेट लिनेमा विनोद लामा रहे।
 

प्रकाशित: Jan 18, 2021| 07:20 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।