शनिबार, असार २७, २०८३

एन्फाको सहयोगमा प्रहरीले फुटबल एकेडेमी सञ्चालन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा नेपाल पुलिसले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा नेपाल पुलिसले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।

एन्फाले आज (आइतबार) एक सूचना जारी गर्दै एकेडेमी सञ्चालनबारे प्रहरीसँग सम्झौता भएको बताएको हो।

पुलिस हेडक्वार्टर नक्सालमा सम्पन्न सम्झौतामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरज बहादुर शाहीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार साँगामा रहेको पुलिस एकेडेमीमा २१ युवा खेलाडी रहनेछन्। जसमा प्रहरी स्कुलका सात, देशभरबाट छानिएका सात र भर्ती हुन चाहने सात जना खेलाडी एकेडेमीमा रहने एन्फाले बताएको छ।

देशभरबाट छानिएका सात खेलाडीलाई भने एन्फाले पूर्ण छात्रवृत्ति दिने बताएको छ। त्यस्तै एन्फाले नै चार वर्षसम्मका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ।

एन्फाले दुई वर्षका लागि खेलाडी र खेल सामाग्री प्रदान गर्नेछ।

प्रकाशित: Jan 17, 2021| 10:45 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।