शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गंगालाल अस्पतालमा अनलाइनबाटै ‘अपोइन्टमेन्ट’ लिन सकिने

गंगालाल अस्पतालमा अनलाइनबाटै ‘अपोइन्टमेन्ट’ लिन सकिने

 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणि भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएको छ। 

ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतासँगै सहिद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ। बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ।
 

प्रकाशित: Jan 17, 2021| 09:34 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्