शनिबार, असार २७, २०८३

पीएम कपमा बागमतीको पहिलो जित

पीएम कप राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत समूह बीको पहिलो खेलमा बागमती प्रदेशले जित निकालेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– पीएम कप राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत समूह बीको पहिलो खेलमा बागमती प्रदेशले जित निकालेको छ।

उसले आइतबार सम्पन्न खेलमा नेपाल पुलिसको विभागीय टिमलाई ७ विकेटले हराउँदै सुरुवाती जित निकालेको हो।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९ ओभर तीन बलमा पूरा विकेट गुमाएर १११ रन बनाएको थियो।

जवाफी ब्याटिङमा बागमतीले ९२ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। बागमतीलाई जित दिलाउने क्रममा पृथु बास्कोटा अर्धशतक बनाउनबाट दुई रनले पछि परे। राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र इशान पाण्डेले समान १७–१७ रन बनाए।

बागमतीविरुद्ध पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पुलिसका ऐरी र आरिफ शेखले २१–२१ रन बनाए।

त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले १७–१७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रर्दर्शन गरेनन्।

यता बागमतीका लागि तिलक भण्डारी र नन्दन यादवले समान ४¬–४ विकेट गिराए भने रामनरेश गिरीले दुई विकेट लिए। जितसहित बागमतीले दुई अंक जोडेको छ।

प्रकाशित: Jan 17, 2021| 09:29 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।