शनिबार, असार २७, २०८३

२४८ खेलाडी सहभागी स्‍नाेकर च्याम्पियनसिप हुँदै

आगामी माघ २८ बाट प्रथम चक्र एन्ड किसन लामा मेमोरियल स्‍नाेकर च्याम्पियनसिप हुने भएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- आगामी माघ २८ बाट प्रथम चक्र एन्ड किसन लामा मेमोरियल स्‍नाेकर च्याम्पियनसिप हुने भएको छ।

काठमाडौंमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै आयोजक अजिमा स्नोकरले च्याम्पियनसिपबारे जानकारी दिएको हो। २४८ जना खेलाडी सहभागी हुने खेल २८ दिनसम्म चल्ने छ।

आयोजकका अनुसार यो च्याम्पियनसिप नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी सहभागी भएको र ठूलो पुरस्कार राशी राखिएको स्‍नाेकर प्रतियोगिता हो।

प्रतियोगितामा पहिलो हुनेले २ लाख ११ हजार ५०० रूपैयाँ प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ९१ हजार र ३१ हजार पाउनेछन्।

तेस्रो हुने दुबै जनालाई पुरस्कार दिइनेछ। खेल नकआउट प्रणालीमा हुने आयोजकले बताएको छ।

प्रकाशित: Jan 17, 2021| 08:28 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।