शनिबार, असार २७, २०८३

पेचिलो बन्दै इन्डिया–अस्ट्रेलिया अन्तिम टेस्ट

अस्ट्रेलियामा जारी इन्डिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेल दुवै टिमको लागि पेचिलो बन्दै गएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– अस्ट्रेलियामा जारी इन्डिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेल दुवै टिमको लागि पेचिलो बन्दै गएको छ।

पहिलो इनिङमा घरेलु टिमले ३६९ रन बनाएको थियो भने दोस्रो इनिङमा इन्डियाले ३३६ रन बनाएको छ। 

चार खेलको सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ११५.२ ओभरमा सो रन जोडेको थियो।

घरेलु टिमका लागि मर्नुस लुबुसंगले सर्वाधिक १०८ रन बनाए। त्यस्तै, स्टिभ स्मिथले ३६ रन बनाउँदा माथ्यू वेडाले ४५ रन जोडे।

कप्तान टिम पेनले ५० रन बनाउँदा क्यामरुन गृनले ४७ रन जोडे।

तर सहज सुरुवात गर्न नसकेको अस्ट्रेलियाका ओपनिङ जोडी डेविड वार्नर र मार्कस ह्यारिसले क्रमशः एक र पाँच रन बनाए।

इन्डियाका लागि टी नटराजन, वासिङ्टन सुन्दर र श्रद्धुल ठाकुरले समान ३-३ विकेट लिए। मोहम्मद सिरजले १ विकेट गिराए।

दोश्रो इनिङमा इन्डियाका श्रदुल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै रोहित शर्माले ४४ रन बनाउँदा मयंक अग्रवालले ३८ रन जोडे।

यता अस्ट्रेलियाका जोश हाजसलेवुडले पाँच विकेट लिँदा माइकल स्टार्क र पट कमिन्सले समान २-२ विकेट लिए।

तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले २१ रन जोडेको छ।

यो टेस्ट दुवै देशको निर्णायक समेत हो। यसअघिको टी २० र एकदिवसीय खेलमा इन्डिया र अस्ट्रेलियाले समान १–१ जित निकालेका थिए।

प्रकाशित: Jan 17, 2021| 07:49 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।