शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेट : कर्णालीविरुद्ध आर्मीको मध्यम लक्ष्य

पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध भने साही लय कायम राख्न सकेन।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध भने साही लय कायम राख्न सकेन।

मूलपानीको माथिल्लो मैदानमा जारी खेलमा आर्मी कर्णालीविरुद्ध १९५ रनमा अलआउट भएको छ। टस जितेर ब्याटिङ राजेको आर्मीले ४३ ओभर एक बलमा पूरा विकेट गुमाएर १९५ रन बनायो।

लयमा रहेका आर्मीका अनिल मण्डलले ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान विनोद भण्डारीले ४१ रनको योगदान दिए।

राजेश पुलामीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता कर्णालीका लिवन पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, राज शाह, दिवन पुनले समान २–२ विकेट लिए भने उनिश सिंह, अनुज चुनरा र रविन्द्र शाहीले समान १–१ विकेट लिए।

यसअघिको पहिलो खेलमा जित निकाल्दै आर्मीले अंकतालिकाको समूह एमा दुई अंक जोडिसकेको छ।
 

प्रकाशित: Jan 17, 2021| 06:57 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।