काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज आइतबार संस्थाको रजिष्टर्ड कार्यालय भेरी–४ जाजरकोटमा सम्पन्न भएको छ,
संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा संस्थाको आव ०७६–७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको ०७७ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आव २०७६–७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु परित भएको छ।
यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारणसभाले पारित गरेको छ।