शनिबार, असार २७, २०८३

पीएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य

बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं - जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा नेपाल प्रहरीले २९ ओभर तीन बलमा पूरा विकेट गुमाएर १११ रन बनाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रहरीका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१/२१ रन बनाए।

त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७/१७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

यता बागमतीका लागि तिलक भण्डारी र नन्दन यादवले समान ४/४ विकेट लिए भने रामनरेश गिरीले दुई विकेट लिए।

प्रकाशित: Jan 17, 2021| 06:00 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।