काठमाडौं- आइतबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० रूपैयाँ तोकिएको हो।
गत शुक्रबार तोलाको ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य आज ९१ हजार ३०० रूपैयाँ तोकिएको छ। शुक्रबार ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा ३० रूपैयाँ घटेर एक हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ।