शनिबार, असार २७, २०८३

पीएम कपमा आजबाट हरेक दिन दुई खेल

जारी प्रधानमन्त्री(पीएम) कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटको समूह चरणअन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा एक खेल हुनेछ भने अर्को खेल मुलपानीस्थित माथिल्लो मैदानमा हुनेछ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– जारी प्रधानमन्त्री(पीएम) कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटको समूह चरणअन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा एक खेल हुनेछ भने अर्को खेल मुलपानीस्थित माथिल्लो मैदानमा हुनेछ।

प्रतियोगितामा सुरुका दुई दिन १–१ खेल भएका थिए भने आजबाट माघ १२ गतेसम्म हरेक दिन दुई खेल हुनेछन्। प्रतियोगितामा १२ गतेपछि भने हरेक दिन १–१ खेल नै हुनेछन्।

समूह बी अन्तर्गत टियू मैदानमा हुने खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशसँग खेल्नेछ। दुवै टिम आजको खेलबाट सुखद् सुरुवात गर्ने दाउमा हुनेछन्।

यो समूह बी को पहिलो खेलसमेत हो। यसअघिका दुवै खेल समूह ए का थिए।

त्यस्तै मुलापनीको मैदानमा हुने समूह ए अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ।

आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै सुखद सुरुवात गरिसकेको छ। अब आर्मी क्लब लगातार दोस्रो जितका लागि प्रयासरत हुनेछ।

यता कर्णाली प्रदेशले भने जारी पीएम कपमा पहिलो खेल खेल्नेछ।

समूह एका पछिल्ला दुई खेलमा जित निकाल्दै आर्मी र एपीएफले २,२ अंक बनाइसकेका छन् भने गण्डकी र प्रदेश १ ले खाता खोल्न सकेका छैनन्।
 

प्रकाशित: Jan 17, 2021| 02:19 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।