सोमबार, चैत २, २०८२

संघर्षपूर्ण जितसँगै पीएसजी लिग १ को शीर्षस्थानमा

फ्रेन्च लिग १ को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं – फ्रेन्च लिग १ को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति संघर्षपूर्ण जित निकालेको छ।

National life

एन्जर्सको मैदानमा सम्पन्न खेलमा पीएसजीले घरेलु टिमविरुद्ध १–० काे जित निकालेको हो।

जितका लागि पीएसजीका लेविन कुर्जवाले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा पीएसजीले गोल गरेको थियो।

कुर्जवाले खेलको ७० औं मिनेटमा गोल गरे। उनको गोलबाट जित दर्ज गराएको पीएसजीले तीन अंक जोडेसँगै अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।

पीएसजीले २० खेलबाट ४२ अंक जोडेको छ भने लियोन १९ खेलबाट ४० अंक प्राप्त गर्दै दोस्रो स्थानमा छ। यता पराजित एन्जर्स भने ३० अंकका साथ सातौं स्थानमा छ।

Laxmi sunrise bank
kumari

यता पीएसजीका प्रशिक्षक माउरिसियो पोचेतिनो भने कोरोना संक्रमणका कारण मैदानमा उपस्थित थिएनन्। उनी सेल्फ आइसोलेसनमा रहेको क्लबले बताएको छ।
 

प्रकाशित: Jan 17, 2021| 01:35 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।