शनिबार, असार २७, २०८३

चेल्सीको जितमा मेसन माउन्टको निर्णायक गोल

१० खेलाडीमा समेटिएको फुलहामविरुद्ध शनिबार राति चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- १० खेलाडीमा समेटिएको फुलहामविरुद्ध शनिबार राति चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत फुलहामको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमविरुद्ध १–० गोलको जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल नभए पनि ४४ औं मिनेटमा फुलहामका एन्टोनी रोविन्सन रातो कार्ड पाउँदै बाहिरिएका थिए।

त्यसपछि दबावमा आएको फुलहामविरुद्ध चेल्सीका मेसन माउन्टले ७८ औं मिनेटमा निर्णायक गोल गरे। उनको गोलसँगै चेल्सीले जित दर्ज गरायो।

जितसँगै ईपीएल तालिकामा तीन अंक थपेको चेल्सी २९ अंकका साथ सातौं स्थानमा छ। फुलहाम भने रेलिगेसन जोनमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा लेस्टर सिटीले साउथह्याम्टनलाई २–० गोलले हराएको छ भने लिड्स युनाइटेड ब्राइटोनसँग १–० गोलले पराजित भएको छ।
 

प्रकाशित: Jan 17, 2021| 02:43 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।