शनिबार, असार २७, २०८३

थ्री अन थ्री बास्केटबलमा टिम रावत र भीएसलाई उपाधि

टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन्। टिम रावत ब्वाइज तथा भीएस गर्ल्समा पहिलो भए।

घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित गर्‍यो।

भीएसले क्याम्पियनलाई १९–१२ ले हराउदै तेश्रो भयो। पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे।

गर्ल्सको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ ले पन्छायो भने साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले पाखा लगायो।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार पाए।

ब्वाइजमा टिम रावतका सम्राट भूमि तथा गर्ल्समा भीएसकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
ब्वाइजमा भीएसका राजीव आले तथा गल्र्समा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने। प्रतियोगिताभर राजीवले ५१ तथा सम्झनाले ३१ स्कोर गरे। चारैले जनही २ हजार नगद पुरस्कार हात पारे।

तीनदिने प्रतियोगिताको ब्वाइज ३२ तथा गल्र्समा १६ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Jan 16, 2021| 13:49 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।