शनिबार, असार २७, २०८३

पीएम कपमा एपीएफको सुखद सुरुवात

प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय क्रिकेट अन्तर्गत आज (शनिबार) को खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ विजयी भएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय क्रिकेट अन्तर्गत आज (शनिबार) को खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा एपीएफले प्रदेश १ विरुद्ध १३५ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४३ रन बनाएको थियो। जवाफी ब्याटिमा आएको प्रदेश १, ४२ ओभर चार बलमा १०८ रन बनाएर आल आउट भएपछि खेलमा एपीएफले जित निकालेको हो।
जितका लागि एपीएफका आरिफ शेखले ५९ रनको अर्धसतकीय पारी खेले भने बसन्त रेग्मीले ४० र सन्दीप जोराले १४ रन बनाए।

प्रदेश १ का लागि फिर्दोस अन्सारी, दीपेश कँडेल, हेमन्त राई र श्रवण यादवले समान २–२ विकेट लिए। जवाफी ब्याटिङमा आएको प्रदेश १ का मिनास थापाले १८ रन बनाए भने दिपेश कँडेलले १६ रन जोडे।

प्रदेश १ लाई सस्तैमा समेट्न अभिनास बोहराले ५ विकेट लिए भने बसन्त रेग्मीले दुई विकेट गिराए।
जितसँगै दुई अंक जोडेको एपीएफ समूह ए को शीर्षस्थानमा छ भने त्रिभुवन आर्मी क्लब समान दुई अंकका साथ दोस्रो स्थानमा छ।

सोही समूहका गण्डकी प्रदेश र प्रदेश १ ले अंक जोड्न सकेका छैनन्।

प्रकाशित: Jan 16, 2021| 13:38 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।