सोमबार, चैत २, २०८२

भलिबल कप्तान अरुणालाई पोखरामा सम्मान

नेपाल भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

पोखरा- नेपाल भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ।

National life

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा पुस २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विधामा उपाधि जित्न सफल शाहीलाई सम्मान गरिएको हो। 

कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्साहनस्वरुप १ लाख प्रदान गरेको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त रकम बराबरको चेक अरुणालाई प्रदान गरिन्। सामाजिक विकास मन्त्री पुनले अरुणालाई बधाई दिँदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन्। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने भन्दै मन्त्री पुनले प्रदेश खेलकुद समितिको गठनपछि त्यसलाई अझै तीब्रता दिने बताइन्।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गरे। उनले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणाजस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई बिर्सन नहुने बताए।

Laxmi sunrise bank
kumari

‘अरुणा शाही जिताउँ अभियान’ अन्तर्गत बचत रकमसमेत अरुणालाई हस्तान्तरण गरिएको छ। अभियान अन्तर्गत बचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्साहन बापत प्राप्त नगद १ लाखसहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो।

अभियानअन्तर्गत संकलित रकमको आयव्यय प्रस्तुत गर्दै नेपाल भलिबल संघका सल्लाहकार एवम् पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्माले अभियानअन्तर्गत भएको भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट २ लाख ५३ हजार गरी १६ लाख ७३ हजार ७०५ रुपैयाँ संकलन भएको जानकारी दिए।

अभियानअन्तर्गत इसेवा भोटिङका लागि १० लाख, भलिबल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य गरी १३ लाख खर्च भएको छ। सल्लाहकार शर्माले प्रतिबद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन बाँकी रहेको बताए। सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभारसमेत व्यक्त गरेका छन्।

कार्यक्रममा अरुणाले गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जितले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन्। उनले यो जित आफ्नो मात्रै नभई सबै भलिबल खेलप्रेमीहरुको भएको भनाइ राखिन्। 

अरुणा जिताउँ अभियानअन्तर्गत पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका सचिव डिबी नेपाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीलगायतले अभियान सफल पार्न देश विदेशबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरे। 

अभियान सफल बनाउनका लागि गठित समितिमा भलिबल संघका सल्लाहाकार नारायणप्रसाद शर्मा, संघका सचिव डिबी नेपाली, संघका केन्द्रीय सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापा, कोषाध्यक्ष हरि श्रेष्ठ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली थिए। 

प्रकाशित: Jan 16, 2021| 13:00 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।