शनिबार, असार २७, २०८३

जितसँगै पीएम कपमा आर्मीको सुखद् सुरुवात

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले सुखद् सुरुवात गरेको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले सुखद् सुरुवात गरेको छ। 

गण्डकी प्रदेशलाई कठिन लक्ष्य प्रस्तुत गरेको आर्मीले उसलाई ९८ रनले हराएको हो। टस जितेर ब्याटिङ रोजेको आर्मीले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २८७ रन बनाएको थियो। २८८ रनको लक्ष्यका साथ मैदान पसेको गण्डकी १९० रनमा समेटियो।

आर्मीको जितका लागि कप्तान विनोद भण्डारीले १११ रनको सतकीय इनिङ खेले। उनले ७६ बलमा १४ बाउन्ड्री प्रहार गरे।

त्यस्तै, राष्ट्रिय टिमका राजु रिजाल अर्धशतक बनाउनबाट पाँच रनले चुक्दा मध्यक्रममा आएका राजेश पुलामीले ३८ रन प्रहार गरे भने लोकेश बम ४२ रन बनाएर अन्तिम बलमा विदा भए।

यता गण्डकीका लागि विपिन कार्की र विशाल पौडेलले समान २–२ विकेट चट्काए। त्यस्तै दिपेश खत्रीले एक विकेट गिराए।

जवाफी ब्याटिङमा आएको गण्डीले खराव सुरुवात गर्दै तेस्रो ओभरमा पहिलो विकेट गुमायो।

गण्डकीका समीर कँडेलले ५० रनको सर्धसतकिय पारी खेले भने कप्तान विपिन खत्रीले ३७ रन बनाए। त्यस्तै अर्जुन कुमाल र दिपक डुम्रेले क्रमशः ३६ र २६ रन बनाए।

यता आर्मीका राजेश पुलामिले सर्बाधिक पाँच विकेट लिए भने भीम सर्कीले तीन विकेट लिए। १–१ विकेट लिनेमा आशिष् चन्द र रोहित पौडेल रहे।
जितसँगै २ अंक बनाएको आर्मी क्लबले समूह एमा खाता खोलेको छ।

प्रकाशित: Jan 15, 2021| 11:02 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।