शनिबार, असार २७, २०८३

महिला फुटबल लिग माघ ७ बाट, विदेशी खेलाडी राख्न पाइने

यही माघ ७ गतेबाट सुरु हुने महिला फुटबल लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– यही माघ ७ गतेबाट सुरु हुने महिला फुटबल लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना जारी गर्दै हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न पाउने बताएको हो। एन्फाले पहिलोपल्ट यस्तो निर्णय गरेको हो।

साथै, प्रतियोगिताको स्थान पनि परिवर्तन भएको छ। गत साल धरान र विराटनगरमा हुने निश्चय भएको लिग अब ललितपुरमा हुनेछ।

उद्घाटन र समापन खेल दशरथ रंगशालामा हुने भए पनि बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।

माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा तीन विभागीय सहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरी ७ टिमको सहभागी रहनेछ।

प्रतियोगिताको विजेताले नगद १५ लाख, दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एन्फाले स्वस्थ्य मापदण्ड अपनाउँदै सुरुमा र संक्रमण भएको शंका लागेमा आफूले टेस्ट पीसीआर टेस्ट गरिदिने बताएको छ।

प्रकाशित: Jan 15, 2021| 09:43 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।