शनिबार, असार २७, २०८३

विनोदको सानदार शतकमा गण्डकीलाई आर्मीको कठिन लक्ष्य

नेपाल आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध कठिन लक्ष्य प्रस्तुत गरेको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध कठिन लक्ष्य प्रस्तुत गरेको छ। 

गण्डकीले २८८ रनको लक्ष्य पाएको हो।

टस जितेर ब्याटिङ रोजेको आर्मीले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २८७ रन बनायो।  

कप्तान विनोद भण्डारीको १११ रनको शतकीय सहयोगमा आर्मीले  २८७ रन बनाउन सफल भएको हो। 

७६ बलमा सो रन बनाएका भण्डारीले ९ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै राष्ट्रिय टिमका राजु रिजाल अर्धशतक बनाउन पाँच रनले चुक्दा रोहित पौडल १० रनमै आउट भए। ओपनर हरिकृष्ण झा भने ४८ बलमा १४ रन बनाउँदै पेवेलियन फर्किए।

मध्यक्रममा आएका राजेश पुलामीले ३८ रन प्रहार गरे भने लोकेश बमले ४२ रन बनाएर अन्तिम बलमा बिदा भए।

यता गण्डकीका लागि विपिन कार्कीले र

विशाल पौडेलले समान २–२ विकेट लिए भने दीपेश खत्रीले एक विकेट लिए।

प्रकाशित: Jan 15, 2021| 07:17 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।