शनिबार, असार २७, २०८३

पीएम कपमा विनोदको पहिलाे शतक

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मीका कप्तान विनोद भण्डारीले पहिलो शतक प्रहार गरेका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं - प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मीका कप्तान विनोद भण्डारीले पहिलो शतक प्रहार गरेका छन्।

गण्डकीविरुद्ध ब्याटिङमा आएका विनोदले ७३ बलमा १०० रन प्रहार गरेका हुन्। 

यस क्रममा उनले ९ चाैका र चार छक्का हानेका छन्।

आजबाट सुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको पीएम कप नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको हो। 

प्रतियोगितामा १० टोलीको सहभागिता छ। 

प्रतियोगिताका १४ खेल त्रिवि मैदानमा हुनेछन् भने बाँकी ९ खेल मूलपानी मैदानमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ १७ गते हुनेछ।

क्यानले जारी गरेको तालिकाअनुसार माघ ४ बाट १२ गतेसम्म हरेक दिन दुईवटा खेल हुनेछन्।

माघ १३ र १६ गते (दुई दिन) ब्रेक राखिएको छ। समूह चरणको खेल सकिएपछि एक दिन र फाइनल खेलअघि एक दिन ब्रेक राखिएको हो।

त्यस्तै सेमिफाइनल र फाइनलका सबै खेल त्रिवि मैदानमा हुने क्यानले जनाएको छ।

प्रकाशित: Jan 15, 2021| 06:59 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।