काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभा ०७७ पुस २९ गते युनाइटेड फाइनान्स लिमिटेडको सभा कक्ष दरवारमार्ग काठमाडाैंमा सम्पन्न भएको छ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष वसन्त कुमार चौधरीले भर्चुअल माध्यमबाट अध्यक्षता गरेको उक्त कार्यक्रममा सञ्चालकहरु विष्णुकुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशन अधिकारी, श्रीमति प्रभा पाण्डे साथै प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र लगायत संस्थाका उच्च पदस्थ अधिकारीहरु, लेखापरिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट आएका अतिथिहरुको उपस्थिति थियो ।
उक्त साधारण सभाले आव २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आव २०७६–७७ को वार्षिक वित्तिय विवरणहरु पारित गरेको छ।