काठमाडौं– हिमालयन बैंक लिमिटेड र सिप्रडी टेडिङ प्रालिबीच सम्झौता भएको छ। उक्त सम्झौता अनुसार सिप्रडी टे«डिङका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्छन्।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रडी टे«डिङका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे। हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।
युनाइटेड फाइनान्सको साधारणसभा भर्चुअल