शनिबार, असोज ३, २०८३

हिमालयन बैंकको लाभांश स्वीकृत

 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारणसभा ०७७ पुस २७ गते सम्पन्न भएको छ। कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानुनअनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड—१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन भएको थियो।

उक्त साधारणसभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश 
(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ। 

प्रकाशित: Jan 15, 2021| 06:12 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्