काठमाडौं– हिमालयन बैंक लिमिटेडले डा. रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँबराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ। उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ।
आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने सिलसिलामा बैंकलाई प्रतिनिधित्व गर्दै बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएकोे कार्यक्रममो मेसिन हस्तान्तरण गरेका थिए।