शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। 

खतिवडा खुला प्रतिस्पर्धाबाट १ माघदेखि सीईओमा नियुक्त भएका हुन्। 

बैंकले १० पुसमा १५ दिनको म्याद दिएर खुला प्रतिस्पर्धाको लागि आह्वान गर्दै सूचना जारी गरेको थियो। 

खतिवडाले इन्फ्रास्ट्रक्चर फाइनान्समा विद्यावारिधि गर्दै छन्। यसअघि उनले आईबीएल क्यापिटल मार्केट लिमिटेड, हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड, इन्भेष्टमेन्ट बोर्ड नेपाल र इलेक्ट्रिसिटी रेगुलेटरी कमिसन नेपालको विभिन्न पदमा रहेर काम गरिसकेका छन्। 

पूर्वाधार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको बैैंकले आजदेखि आठ अर्ब रुपैयाँको सेयर निष्काशन गरेको छ। 
 

प्रकाशित: Jan 15, 2021| 05:25 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्