शनिबार, असोज ३, २०८३

स्मार्ट च्वाइस र सप्तकोशी विकास बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र सप्तकोशी विकास बैंक लिमिटेडबीच भुक्तानी सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र सप्तकोशी विकास बैंक लिमिटेडबीच भुक्तानी सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ। 

धनकुटामा मुख्य कार्यालय रहेको सप्तकोशी विकास बैंकको प्रदेश–१ का ७ जिल्लामा रहेका शाखामार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ। 

स्मार्टच्वाइस टेक्नोलोजिजसँगका सहकार्यबाट सप्तकोशीले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ। 

सम्झौतामा स्मार्टच्वाइस कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Jan 15, 2021| 04:59 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्