आइतबार, असार २८, २०८३

रियललाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपरकोपाको फाइनलमा

सुपरकोपा डी स्पानाको गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिड पराजित भएको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं – सुपरकोपा डी स्पानाको गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिड पराजित भएको छ।

रियललाई २–१ गोलले हराउँदै एथ्लेटिक क्लब फाइनलमा प्रवेश गरेको छ। अब एथ्लेटिक क्लबले फाइनलमा क्याटलोनियन टोली बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।

एथ्लेटिक क्लबको जितका लागि राउल गर्सियाले दुवै गोल गरे भने रियाल करिम बेञ्जेमाले एक गोल फर्काए।

खेलको १८औं मिनेटमा गोल गर्दै गर्सियाले सुरुआती अग्रता बनाएका थिए। ३८ औं मिनेटमा एथ्लेटिकले पाएको पेनाल्टीको अवसर पनि राहुलले सदुपयोग गर्दै गोल गरे।

यसका साथै पहिलो हाफमा एथ्लेटिक क्लब २–० गोलले अघि रह्यो। तर, दोस्रो हाफमा उसले गोल गर्न सकेन। रियलका बेञ्जेमाले ७३ औं मिनेटमा एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

यससँगै रियल फाइनलमा पुग्नबाट वञ्चित भयो।

प्रकाशित: Jan 15, 2021| 02:13 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।