शनिबार, असोज ३, २०८३

‘एनसेल बाह्रखरी गल्फ’ माघ २४ गते पोखरामा

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा हुने भएको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा हुने भएको छ।

एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म प्रतियोगिता पोखरामा हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने आयोजकले जनाएको छ। 

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ। गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा माघ २४ गते हुनेछ, जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन्। साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए।

बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको बताइएको छ। 

प्रकाशित: Jan 14, 2021| 11:28 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्