शनिबार, असार २७, २०८३

नेपालमा पहिलोपटक हाइ स्पिड किक प्रतियोगिता हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय भर्चुअल हाइ स्पिड किक प्रतियोगिता हुने भएको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय भर्चुअल हाइ स्पिड किक प्रतियोगिता हुने भएको छ।

आउँदो १३ र १४ माघमा खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से र हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता हुने भएको हो।

६ वटा डोजाङले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताबारे आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा २९ देशका १३ सय खेलाडी सहभागी हुने निश्चित भैसकेको छ भने  माघ ७ गते सम्म रजिट्रेसन दिने म्याद रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार पुम्सेतर्फ ६० र हाइ स्पिडतर्फ ३० गरी ९० विधाका खेल हुनेछन्।

प्रतियोगितामा इरान, सिरिया र रुवान्डाका खेलाडीले निःशुल्क सहभागी हुन पाउने छन्। 

प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ हलम हुनेछ। प्रतियोगिताको उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक–एक सय अमेरिकी डलर पुरस्कार पाउनेछन् भने मस्ट पपुलर खेलाडीले १५० अमेरिकी डलर पुरस्कार पाउने छन्।

प्रतियोगितामा नेपालका ६ सय खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ।

प्रकाशित: Jan 14, 2021| 09:30 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।