शनिबार, असोज ३, २०८३

पेट्रोलियममा मूल्य बढाउने निर्णय फिर्ता

पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। 

पेट्रोल डिजेल बिक्रीमा कमिसन बढाउन माग गर्दै आएका व्यवसायीले गत पुस २१ मा विज्ञप्ति जारी गर्दै सरकारले कमिसन नबढाएमा माघ १ देखि आफैं प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाएर बिक्री गर्ने धम्की दिएका थिए। 

व्यवसायीले आगामी ७ गते बस्ने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको केन्द्रीय कार्यसमिति बैठकपछि मूल्य बढाउने वा नबढाउने निर्णय गर्ने भएका छन्।

एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै ५० पैसा प्रतिलिटरका दरले बढाएर बिक्री गर्ने निर्णय तत्काल फिर्ता लिइएको जनाएको छ। 

एसोसिएसनका महासचिव विश्व अर्यालद्वारा हस्ताक्षर विज्ञप्तिमा ‘कमिसन वृद्धि तथा आन्दोलनका कार्यक्रम सम्बन्धमा माघ ७ गते बस्ने बैठकपछि मात्रै थप जानकारी गराइने र साबिकको मूल्यमा ५० पैसा थप गरेर बिक्री गर्ने यसअघिको निर्णय स्थगन गरिएको’ उल्लेख छ। 

प्रकाशित: Jan 14, 2021| 08:42 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्