शुक्रबार, असोज २, २०८३

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश पारित 

मेगा बैंक नेपाल लिमिटेडले बोनस सेयर सहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले बोनस सेयर सहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ। 

काठमाडौँमा बुधबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६–०७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैयाँ लाभांश पारित गरेको हो। 

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैयाँ लाभांश साधारणसभाले पारित गरेको छ । 

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो। 

यसैगरी साधारणसभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । 

प्रकाशित: Jan 13, 2021| 09:53 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्