शुक्रबार, असोज २, २०८३

नेप्से १८ अंकले बढेर २२८६ बिन्दुमा 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १८.८१ अंकले बढेको छ। परिसूचक बढेर २२८६.५४ विन्दुमा पुगेको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १८.८१ अंकले बढेको छ। परिसूचक बढेर २२८६.५४ विन्दुमा पुगेको छ। 

५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ। बैंकिङ समूहको सूचक ३.१५ अंक र होटेल समूहको ५.३९ अंकले घटे पनि अन्य सबै समूहको सूचक बढेको छ। 

व्यापार, उत्पादन, विकास बैंक, हाइड्रोपावर, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा सबै समूहको सूचक बुधबार उकालो लागेको छ।

सो क्रममा उत्पादन समूहको २४२.५२ अंक, जीवन बिमा १६९.७७ अंक र निर्जीवन बिमा समूहको सूचक १११.१५ अंकले बढेको छ।
 

प्रकाशित: Jan 13, 2021| 09:48 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्