शनिबार, असार २७, २०८३

विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुँदै

माघ १ गतेदेखि ३ गतेसम्म विद्यालस्तरीय उपत्यकाव्यापी थ्री इन थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– माघ १ गतेदेखि ३ गतेसम्म विद्यालस्तरीय उपत्यकाव्यापी थ्री इन थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।

सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा ८ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी हुनेछन्। प्रतियोगितामा ४८ विद्यालयका ३२ केटाहरुको टिम र १६ केटीहरुको टिम सहभागी हुनेछन्।

प्रतियोगितामा केटातर्फको विजेताले २० हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र पाँच हजार पाउनेछन्।

त्यस्तै, केटीतर्फको विजेताले १५ हजार पाउनेछ। उपविजेता र तेस्रो हुनेले क्रमशः आठ हजार र चार हजार पाउनेछ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अपनाएर खेल गरिने आयोजकले बताएको छ। 

प्रकाशित: Jan 13, 2021| 08:31 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।