शुक्रबार, असोज २, २०८३

नेपाल एसबिआई बैंकको लाभांश पारित

नेपाल एसबिआई बैंकले सेयरधनीलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेपाल एसबिआई बैंकले सेयरधनीलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

मंगलबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको आव २०७६–०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.को आव २०७६–७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
 

प्रकाशित: Jan 13, 2021| 07:18 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्