शुक्रबार, असोज २, २०८३

आयल निगमका सेयरधनीलाई दुई अर्ब २० करोड लाभांश

नेपाल आयल निगमले आव २०७६/०७७ को नाफाबाट सेयरधनीलाई दुई अर्ब २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेपाल आयल निगमले आव २०७६/०७७ को नाफाबाट सेयरधनीलाई दुई अर्ब २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। 

लाभांश वितरणका लागि निगम सञ्चालक समितिले स्वीकृति दिइसकेको छ। 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमको चुक्तापुँजीको २० प्रतिशत बराबर हुन आउने २ अर्ब २० करोड रुपैयाँ नगद लाभांश वितरणका लागि सञ्चालक समिति एवं साधारण सभाबाट पारित भएको जानकारी दिए। 

उनका अनुसार गत आवमा निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख ४३ हजार रुपैयाँ छ। 

निगम सञ्चालक समितिले सेयरधनीहरुको समेत उपस्थितिमा मंगलबार ३९औं साधारणसभा सम्पन्न गरी लाभांश वितरणमा स्वीकृति दिएको हो।
 

प्रकाशित: Jan 13, 2021| 05:21 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्