शनिबार, असार २७, २०८३

युनाइटेड ईपीएलको शीर्षस्थानमा

रेलिगेसन जोन नजिक रहेको बर्नलीविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं - रेलिगेसन जोन नजिक रहेको बर्नलीविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।

बर्नलीको मैदानमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टिम १-० गोलअन्तरले पराजित हुँदा युनाइटेडले शीर्षस्थानमा उक्लने मौका पाएको हो।

युनाइटेडका लागि फ्रेन्च फरवार्ड पाउल पोग्वाले ७१औैं मिनेटमा निर्णायक गोल गरे। मार्कस रासफर्डले दिएको पासलाई उपयोग गर्दै  पोग्वाले गोल गर्दै युनाइटेडलाई जित दिलाए।

जितसँगै युनाइटेड ईपीएलको शीर्षस्थानमा उक्लिएको छ।

त्यस्तै मंगलबार रातिको अर्को खेलमा एभर्टनले उल्भसलाई २–१ गोलअन्तरले हराएको छ।

खेलको छैटौं मिनेटमा चुका आइवूबीले गरेको गोलमा एभर्टनले सुरुआती अग्रता पाएको थियो।

तर, १४ औं मिनेटमा उल्भसका नेभेसले गोल गर्दै खेललाई बराबरी बनाए। 

पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफको ७७ औं मिनेटमा भिनसेन्ट किनले गोल गर्दै पाहुना टिमलाई जित दिलाए।

जितसँगै एभर्टन अंक तालिकाको चौथो स्थानमा छ भने उल्भस १४औं स्थानमा छ।

प्रकाशित: Jan 13, 2021| 02:06 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।