शनिबार, असार २७, २०८३

सेभियाविरुद्ध एथ्लेटिकोको जित

ला–लिगा अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– ला–लिगा अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।

एथ्लेटिकोले घरेलु मैदानमा सेभियालाई २–० गोलले हराउँदै जित दर्ज गराएको हो।

जितका लागि टिप्परको पासमा मार्टिन कोराले १७ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा अग्रता बनाएको एथ्लेटिकोले दोस्रो हाफमा पनि एक गोल थप्यो। जहाँ लोरेन्टेको पासमा साउल निग्वेजले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

उनले ७६ औं मिनेटमा बनाएको गोलसँगै एथ्लेटिकोले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको हो। योसँगै दुई खेल बढ्ता खेलेको रियल मड्रिडको ३७ अंक हुँदा एथ्लेटिकोको ४१ अंक छ।

यता पराजित सेभिया ३० अंकका साथ छैटौं स्थानमा छ।
 

प्रकाशित: Jan 13, 2021| 01:37 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।